Business NewsCorporate

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि आएको जनाएको छ । महासङ्घले आजको मूल्य सूची कायम गर्दै हिजो बुधवारको तुलनामा २०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ कायम छ ।हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम भएको जनाएको छ । जुन, हिजो बुधवार १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो । यो २० रुपैयाँको गिरावट हो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button