BrandingBreakingBusiness News

रेड बुल उत्पादन गर्ने नेपाल विश्वको चौथौ देश

काठमाडौ । रेड बुलले नवलपरासीको अमरापुरीमा ग्रिनफिल्ड उत्पादन सुविधासहितको फ्याक्ट्री उद्घाटन गरेको छ।

रेड बुल फ्याक्ट्रीले जर्मन र स्विस टेक्नोलोजी, स्वचालित उत्पादन प्रविधि, उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्डसहितको फ्याक्ट्री सञ्चालनमा ल्याएको हो।

फ्याक्ट्रीको आधाभन्दा बढी विद्युत्, वैकल्पिक ऊर्जा स्रोतहरूबाट उत्पादन गरिनेछ।

अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारका लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्नेछ। रेडबुलको नेपालमा स्थानीयरूपमा उत्पादन, ब्रान्डको यात्रामा एउटा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा रहेको कम्पनीको भनाइ छ।

योसँगै प्रतिष्ठित ब्रान्ड रेड बुल उत्पादन गर्ने नेपाल विश्वको चौथौ देश भएको छ। रेड बुल उत्पादन गर्ने देशहरुमा थाइल्यान्ड, भियतनाम र चीनपछि नेपाल जोडिएको छ।

योविध्या परिवारको स्वामित्वमा रहेको टीसीपी समूह थाइल्यान्डमा रहेको एक अग्रणी पेय पदार्थ कम्पनी हो। जुन विश्वको सबैभन्दा प्रतिष्ठित इनर्जी ड्रिङ ब्रान्ड रेड बुलुको उत्पादक हो।

साथै हाउस अफ ग्रेट ब्रान्ड्सु को रूपमा पनि परिचित कम्पनीसँग विविध उत्कृष्ट प्रोडक्टहरूको पोर्टफोलियो रहेको छ। एसियाका १५ भन्दा बढी देशका बजारहरूमा प्रत्यक्षरूपमा सक्रिय रहेको यसले विश्वव्यापी रूपमा पाँचहजार भन्दा बढी मानिसहरूलाई रोजगार दिइरहेको छ।

थाइल्यान्डमा कम्पनीले विभिन्न व्यवसायमा सफलता हासिल गरेको छ। टीसीपी समूह इनरजाइजिङ अ बेटर वर्ल्डु भन्ने उद्देश्यका साथ विश्वका विभिन्न देशमा सञ्चालित छ।

टिसिपि समूहका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्याले भने, टिसिपि समूहले खाद्य तथा पेय पदार्थ उद्योगलाई नयाँ नयाँ सिर्जनशिल उत्पादन र सेवाहरूका साथ बदलिंदो जीवनशैली, स्वास्थ्य तथा समयअनुसारको आवश्यकता लाई मध्यनजर राख्दै रेडबुलले नयाँ नयाँ आविष्कारहरूद्वारा विश्वलाई सदैव इनर्जी प्रदान गरिरहनेछ।

रेड बुल इनर्जी ड्रिंक नेपालमा पहिलो पटक सन् २०१० मा आयात गरेर बिक्री भएको थियो।

सरस बेभरेजेजका प्रमुख कार्यकारी अधिकृत पवन जगेटियाले भने, ‘सरस बेभरेजेजको अत्याधुनिक अमरापुरी फ्याक्ट्रीमा हामी गर्वका साथ प्रतिष्ठित रेड बुल उत्पादन गर्दैछौं। वातावरणीय दिगोपनप्रति हामी सदैव प्रतिबद्ध छौं। त्यसैले फ्याक्ट्रीको आधा बिजुली वैकल्पिक उर्जा स्रोतहरूबाट उत्पादन गर्दैछौं।’

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button