BrandingBusiness NewsCorporateInfo-TechTrending

टेलिकमले ल्यायो निःशुल्क डाटा अफर

काठमाडौ । नेपाल टेलिकमले एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीको लागि नयाँ अफर ल्याएको छ ।

जस अनुसार यस प्रविधिमा हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीले अब परीक्षणको रुपमा एक महिना सम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न सक्ने छन् ।

नेपाल टेलिकमले मंसिर २५ देखि लागु हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफर ९ का रुपमा एक महिना सम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा सेवा उपलब्ध गराउने भएको हो ।

कम्पनीका अनुसार यो सेवा प्रयोग गर्नका लागि १९८–१ ९१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि डायल गरी मा अनुरोध गर्न सकिन्छ । त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ ।

कम्पनीका अनुसार एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ । एक महिना भन्दा बढी समय सम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८–१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्क रुपमा यो सेवा प्रयोग गर्न सकिने छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button