BrandingBreakingBusiness NewsCorporate

साझा यातायातमा सीईओ आवश्यक, कति चाहिन्छ शौक्षिक योग्यता र अनुभव

काठमाडौ । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ।

साझा यातायात सहकारीले लामो समयदेखि रिक्त रहेको कार्यकारी अधिकृत खुल्ला प्रतिस्पर्धाबाट छनोटको लागि सुचना माग गरिएको हो ।

३५ दिनभित्र साझा यातायातको प्रधान कार्यालयमा दरखास्त बुझाउन सुचना माग गरिएको छ ।

सीईओ आवेदनको लागि कम्तिमा स्नातकोत्तर वा सो सरहको शैक्षिक योग्यताको माग गरिएको छ ।

सीईओ हुन चाहनेले सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा १० वर्षको अनभुव हासिल गरेको हुनुपर्ने छ।

३५ वर्ष पूरा भएको र ५८ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सकिने सूचनामा उल्लेख छ।दरखास्त पेश गर्दा व्यवसायिक कार्ययोजना ५ हजार शब्दमा नबढ्नेगरी बुझाउनु पर्ने छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button