नेपालमा ’बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो सोरुम
काठमाडौ । २५ करोड लगानीको जनकपुरमा ’बेलाको सोरुम खुलेको छ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले उद्घाटन गर्नु भएको हो ।
बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री शाखाको उद्घाटनसँगै मधेसमा विक्री वितरण सुरु भएको बेलाको होम अप्लायन्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अब्दुल बासिदले जानकारी दिनुभयो ।
होम अप्लायन्सेसले जनकपुरमा नयाँ शाखा विस्तार गरेर मधेसका बासिन्दालाई उत्कृष्ट उत्पादन उपलब्ध गराउन थालनी गरेको उहाँको भनाइ छ । ‘आज हामीले नयाँ शाखा उद्घाटन मात्र गरेका छैनौँ, मधेसका बासिन्दाहरुसँग जोडिन गइरहेका छौँ’, उहाँले भन्नुभयो, ‘समुदायहरूलाई जोड्ने पुलको काम बेलाको ब्राण्डले गर्दैछ । तपाईंहरुको ढोकाढोकामा पुगिरहेका छौँ ।’
सिईओ बसिदले बेलाको होम अप्लायन्सेस एउटा ब्रान्ड मात्र नभएर एउटा सबैको मनमुटुमा बस्ने प्रोडक्ट भएको दावी गर्नुभयो । ‘बेलाको ब्राण्ड प्रयोग गर्ने हरेक परिवारका सदस्यले हाम्रा सामाग्रीमा उत्कृष्टता, गुणस्तर र नवीनताको अनुभूति गर्ने छन् । सही सामग्री खरिद गरेकोमा उहाँहरूलाई गौरवानुभूति हुने छ,’ ।जनकपुरमा पाइला चाल्दा आफूहरू विश्वसनीयताको विरासत र भविष्यको लागि एउटा भिजन बोकेर आएको उहाँले बताउनुभयो ।
देशमा केही गर्नैपर्छ भन्ने हुटहुटीलाई आफ्नो मातापिताले हौसला दिँदा आफू गृहनगरमै बेलाको दोस्रो सोरुम स्थापना गर्न सफल भएको उहाँ बताउनुभयो । उहाँले बेला ब्राण्डको निकट भविष्यमा नेपालमा उत्पादन गर्नेसम्मको तयारी आफूले गरेको भन्दै आफू ब्राण्ड प्रोमोसनमा मात्रै नेपाल आएको नभई युवाहरुलाई हौसता दिन पनि आएको बताउनुभयो । नेपालमा लगानीको वातावरण नभएपनि देशभित्रै केही गर्न सकिन्छ भन्ने सन्देश युवाहरुलाई प्रवाह गर्न चाहेको उहाँको भनाई छ ।
उहाँले नेपालमा विदेशी लगानी भित्र्याउन अझै पनि समस्या रहेको धारणा राख्दै यसमा सुधारको जरुरी रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा गैरआवासीय नेपाली संघको युरोप संयोजक चिन्तामणि सापकोटाले जस्तो सुकै परिस्थितिमा पनि एनआरएनएले देशको हितमा मात्रै सोच्ने धारणा राख्दै सोहीअनुसार लगानी पनि भित्र्याइरहेको बताउनुभयो । नेपालमा ढुंगामुढा गर्ने राजनीतिक दलले भन्दा विदेशमा भाँडा माझ्ने गैरआवासीय नेपालीलाई देशका माया हुने पनि बताउनुभयो ।
बेलाकोका कन्ट्री हेड लक्ष्मण सापकोटाले बेलाको ब्राण्डमा ४३ थरीका सामानहरु उपलब्ध रहेको बताए । उनले सामग्री टिकाउ र भरपर्दो रहेको भन्दै ढुक्क भएर खरिद गर्न आग्रह गरे । बासिदले नेपालमा करिब २५ करोडको लगानी बेलाकोमा गरेको बताइएको छ । उनको कम्पनीमा करिब ४५० कार्यरत रहेका छन् ।
बेलाको ब्राण्डका सामग्री तथा उपकरणहरु बेलायत र कतारमा निकै लोकप्रिय छन् । दुई मुलुकको लोकप्रियताले हौसिएर आफ्नै देशमा बेलाका उपकरणहरु उपलब्ध गराउन थालेको प्रमुख कार्यकारी अधिकृत बासिदले बताउनुभयो । बेलाको टेलिभिजन, रेफ्रिजेरेटर, एयर कन्डिसनर, पेष्ट फ्रिजर, गिजर, हिटरलगायतका घरायसी प्रयागका सामग्री उत्पादन गर्दै आएको छ ।