BankingBrandingBreakingBusiness News
सिन्धु विकास बैंकको डिसिईओमा गणेश केसी नियुक्त
काठमाडौं। सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिईओ)मा गणेश केसी नियुक्त हुनु भएको छ ।
केसी पुसदेखि लागु हुनेगरि डिसिईओ नियुक्त हुनु भएको हो ।
उहाँ मालिका विकास बैंकमा समेत प्रमुख कार्यकारी अधिकृत हुदै कुमारी बैंकको आन्तरिक लेखा परीक्षण विभागमा विभागीय प्रमुखको रुपमा काम गरिसक्नु भएको छ ।
चार्टर्ड एकाउन्टेन्ट केसीसँग बैंक तथा वित्तीय संस्थामा २० वर्षभन्दा बढी काम गरेको अनुभव छ।
केसीलाई बैंक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले मंगलबार स्वागत गर्नु भएको थियो ।