BankingBrandingBreakingBusiness News

पुस महिनाका लागि बैंकले घटाए ब्याजदर, कुन बैकले कति दिन्छन व्याज

काठमाडौं । पुस महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

१८ बैंकले मंसिरको तुलनामा ब्याजदर घटाएको छ भने दुई वटा बैंकले स्थिर नै राखेका छन्। प्रभु बैंक र सानिमा बैंकले पुसका लागि पनि मंसिरकै ब्याजदर यथावत् राखेको हो ।

वाणिज्य बैंकहरूको औसत ब्याजदर मंसिरको तुलनामा ०.६२ प्रतिशतबिन्दु घटेर ८.९९ प्रतिशतमा झरेको छ। मंसिरमा वाणिज्य बैंकको औसत ब्याजदर ९.९१ प्रतिशत थियो ।

सबैभन्दा बढी हिमालयन बैंकले ब्याजदर घटाएको छ। मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपमा १०.६०३ प्रतिशत रहेको यस बैंकको अधिकतम ब्याजदर पुसमा २ प्रतिशतबिन्दु घटेर ८.६०३ प्रतिशतमा झरेको हो।

त्यसैगरी सिटिजन्स बैंकले १.३५ प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर घटाएको छ। एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकले १ प्रतिशतबिन्दु ब्याजदर घटाएका छन्।

कुन बैंकको ब्याजदर कति?


प्रभु बैंक र सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर दिने जनाएका छन्।

हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, नेपाल एसबीआई बैंक र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.६ प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत, लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, एभरेस्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत र एनएमबी बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याज दिने भएको छ।

यस्तै सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत, नेपाल बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.५५ प्रतिशत र संस्थागततर्फ ६.५५ प्रतिशत, सिटिजन्स बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.३५ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, कृषि विकास बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.०१ प्रतिशत र संस्थागततर्फ ७.०१ प्रतिशत, नबिल बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.५६ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत, आरबीबी व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६१ प्रतिशत र संस्थागततर्फ ६.६१ प्रतिशत, कुमारी बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.३१ प्रतिशत र संस्थागततर्फ ७.३१ प्रतिशत, एनआईसी एसिया व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६७ प्रतिशत र संस्थागततर्फ ६.६७ प्रतिशत, प्राइम कमर्सियल व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याज दिनेछन्।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button