BrandingBreakingBusiness NewsPolitics

एनसेलको शेयर खरिदबिक्रीमा प्रधानमन्त्रीको समेत शंका

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर खरिदबिक्री अस्वाभाविक रहेको बताउनुभएको छ ।

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले एनसेलको वैदेशिक लगानी शेयर खरिदबिक्री, कर राजस्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात सङ्कलन भइरहेको बताउनुभयो ।

एनसेल प्रकरणमा कतै, कसैबाट कानुन विपरीतका काम कारबाही भए गरेको पाइए कानुनबमोजिम हदैसम्मको कारबाही गरिने प्रधानमन्त्री समिती समक्ष प्रतिवद्धता व्यक्त गर्नुभयो ।

छलफलमा प्रधानमन्त्री दाहालले भने एनसेल खरिद बिक्रिमा कहीँ न कहीँ गलत छ भन्ने लागेकैले छानबिन समिति बनाईको भन्दै कानुन विपरीतका काम कारबाही भए, गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button