BrandingBreakingBusiness NewsCorporate

कर्मचारीलाई मन्त्री रिजालको कडा निर्देशन, परिणाममुखी काम चाहियो

काठमाडौ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखहरुलाई कडा निर्देशन दिनु भएको छ ।

मन्त्री रिजालले मन्त्रालयमा सचिव, सहचिव, महानिर्देशक तथा मातहतका बिभिन्न सार्वजनिक निकायका प्रमुखहरु माझ खरो रूपमा प्रस्तुत हुदै यस्तो निर्देशन दिनु भएको हो ।

आर्थिक वर्ष २०८०र८१ को मंसिर महिनासम्मको प्रगति समीक्षा गर्न आज मन्त्रालयमा बैठक बसेको थियो ।

देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ जस्ता शब्द प्रयोग गरेर उम्कन नपाउने मन्त्री रिजालको भनाइ थियो । ‘कानुन विपरित जाने हैन, सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्’, मन्त्री रिजालले भन्नुभयो, ‘आफ्ना कमीकमजोरीलाई ढाकछोप नगरी ईमान्दारीका साथ् काम गर्नुहोस, कुनै पनि तर्क दिएर कसैले पनि काम टाल्न नखोज्नुहोस् ।’

देशको परिस्थिति, जनअपेक्षा र सरकारको अभिभारा बुझ्न मन्त्री रिजालले सबैलाई आग्रह समेत गर्नु भयो । यो समयमा अपेक्षित काम हुन नसकेको भन्दै मन्त्री रिजालले भन्नु भयो ‘तपाईंहरुको कामबाट म खुसी छैन, ईमान्दारीका साथ परिणाममुखी काम नगर्ने हो भने नैतिकताको आधारमा बाहिरिने वातावरण बनाउनुहोस ।’ ‘विश्वासका साथ सबैलाई जिम्मेवारी दिइएको छ, त्यो जिम्मेवारी पुरा गर्नुस।’

ऐनकानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्न आग्रह गर्दै मन्त्री रिजालले त्यस्ता ढिलासुस्ती निरूपण गर्नेतर्फ आफ्नो ध्यान जाने भन्नु हुदै अब कहीं पनि ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पार्नु भयो ।

आर्थिक वर्ष २०८० र ८१ को मंसिर महिनासम्मको खर्चमा चालु तर्फ ३१ दशमलव शुन्य दुई प्रतिशत अर्थात १ अर्ब ५० करोड ३२ लाख रुपैंया, पुँजीगत तर्फ ३ दशमलव शुन्य छ प्रतिशत अर्थात १० करोड १० लाख रुपैंया गरी कुल १९ दशमलव ७ एक प्रतिशत अर्थात १ अर्ब ६० करोड ४२ लाख रुपैंया खर्च भएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button