BankingBrandingLifestyleTrending

भक्तपुरमा  योमरी पून्ही म्युजिक फेस्टिवल

भक्तपुर । योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ ।

सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट योमरी पून्हीका दिन भक्तपुरमा समकालीन, परम्परागत तथा शास्त्रीय सङ्गीतका साथ म्युजिक फेस्टिवल २०८० हुने भएको हो ।

भक्तपुरको खौमा स्थित ख्वप क्षेंंमा योमरी पून्हीको दिन म्युजिक फेस्टिवल हुने आयोजक एवं गायक सुनिल लोहलाले जानकारी दिनुभयो । उहाँका अनुसार एकै पटक फरक शैलीमा भक्तपुरमा साङ्गीतिक माहोल बनाउने उद्देश्यका साथ उक्त म्युजिक फेस्टिवल हुन लागेको उहाँले बताउनुभयो ।

हामीले एकै मञ्चबाट समकालीन गीत तथा सङ्गीत पस्कँदै यो सँगै परम्परागत गीत सङ्गीतका साथ शास्त्रीय सङ्गीत पनि पस्कने प्रयत्नमा लागेका छौँ ।

यो किसिमको साङ्गीतिक कार्यक्रम भक्तपुरमा नै पहिलो भएको उहाँले बताउनुभयो । योमरी पून्हीको दिन साँझ ४ बजे देखि हुने उक्त साङ्गीतिक कार्यक्रम फरक किसिमको हुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार हरेक वर्ष यस्तो साङ्गीतिक कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यका साथ आफूहरूले उक्त कार्यक्रम गर्न लागेको समेत उहाँले जानकारी दिनुभयो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button