BreakingheadlineInternational
जापानमा भूकम्प, मृत्यु हुनेको संख्या ४८ पुग्यो
टोकियो । नयाँ वर्षको दिनमा सी अफ जापानको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको क्षति स्पष्ट हुँदै गएको छ ।
इशिकावा प्रिफेक्चरमा भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।
इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै जना घाइते भएका छन, घाइतेहरूको सुची संकलन भइरहेको जापनी समाचार संस्था एनएचकेले जनाएको छ ।
आपतकालिन विभागका अधिकारीहरूले वाजिमा शहरमा घरहरू सहित २५ भवनहरू ध्वस्त भएको बताएका छन् ।
उनीहरुका अनुसार १४ वटा संरचनामा मानिसहरु फसेको हुनसक्छ । उनीहरुको उद्धारका लागि आपतकालिन बिभागले प्रयास गरिरहेको छ ।