हिमालय एअरलाइन्स् IOSA मा दर्ता हुने पहिलो नेपाली वायुसेवा
काठमाडौ । नेपालको एक अग्रणी अन्तर्राष्ट्रिय वायुसेवा, हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरण गर्न पहलकदमी गरेको छ । २८ डिसेम्बर २०२३ मा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (IATA) द्वारा ३ मार्च २०२५ सम्म मान्य हुने गरीे प्राप्त IOSA प्रमाणीकरण एक कोसेढुङ्गाको रुपमा हिमालय एअरलाइन्स्ले उपलब्धि हासिल गरेको छ ।
“हिमालय एअरलाइन्स् प्रा.लि IOSA कार्यक्रम म्यानुअलको प्रावधान अनुसार IOSA अपरेशनल सेफ्टी अडिट प्रोग्राम IATA अन्तर्गत IOSA अपरेटरको रूपमा सफलतापूर्वक दर्ता भएको छ ।”, उक्त प्रमाणपत्रमा लेखिएको छ ।
हिमालय एअरलाइन्स्का लागि IOSA प्रमाणीकरणले हिमालय एअरलाइन्स्ले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गर्दछ । नेपालको पहिलो र एकमात्र IOSA प्रमाणित वायुसेवाको रूपमा हिमालय एअरलाइन्स्ले हवाई सुरक्षाको आफ्नो प्रतिबद्धताका सम्बन्धमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । IOSA को यस कठीन परीक्षण प्रक्रियाले वायुसेवा सञ्चालनका विभिन्न पक्षहरूको मुल्याङ्कन गर्दै दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्यसम्पादन सुधार भएको छ ।
सञ्चारमाध्यमलाई सम्बोधन गर्दै हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले आफ्नो उत्साह व्यक्त गर्दै भने, “यो कोसेढुङ्गाले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको सङ्केत गर्छ । हवाई सुरक्षा र अपरेशनल उत्कृष्टताका लागि नयाँ आयामहरू स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामी गर्व गर्दर्छौं । यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्डहरू कायम राख्नका लागि हाम्रा निरन्तर प्रयासहरूलाई मात्र प्रमाणित गर्दैन, हामीलाई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनिय वायुसेवाको रूपमा समेत स्थान दिन्छ । हामी आगामी वर्षहरूमा यस उपलब्धिलाई जारी राख्न तत्पर छौं ।”
यसै सिलसिलामा उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक श्री नविना कर्माचार्यले भन्नुभयो, “नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट, म हिमालय एअरलाइन्स्लाई हवाई सुरक्षाप्रतिको असाधारण समर्पणको लागि तथा प्रतिष्ठित IOSA प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा प्रशंसा व्यक्त गर्दछु । हिमालय एअरलाइन्स्को यो उपलब्धिले निश्चित रूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा देशमा हवाई यात्राको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँछ ।”
IATA अपरेशनल सेफ्टी अडिट IOSA अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन (क्ष्ब्त्ब्) द्वारा वायुसेवाहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त परीक्षण कार्यक्रम हो, जुन अपरेशन सुरक्षा वृद्धि गर्ने र वायुसेवा उद्योगभित्र साझा सुरक्षा मानक प्रवद्र्वन गर्ने प्राथमिक लक्ष्यका साथ वायुसेवाको अपरेशन व्यवस्थापन र नियन्त्रण प्रणालीहरूको मुल्याङ्कन गर्नको लागि विकास गरिएको हो ।
यो प्रक्रियामा वायुसेवाहरूको नीति, प्रक्रिया र अभ्यासहरूको परीक्षण समावेश हुन्छ । यसमा कागजातहरुको मुल्याङ्कनका साथै साइटको समीक्षा समेत समावेश हुने गर्दछ । परीक्षणको सफलता र सबै निष्कर्षहरूको पालना पश्चात वायुसेवाहरूलाई क्ष्इक्ब् प्रमाणीकरण प्रदान गरिन्छ । तसर्थ, क्ष्इक्ब् दर्तालाई सुरक्षा उत्कृष्टताको चिन्हको रूपमा हेरिन्छ, जुन क्ष्ब्त्ब् सदस्यताको लागि पूर्व शर्त पनि हो ।