BankingBrandingBreakingBusiness NewsCorporateShare Market

लिवर्टी इनर्जीले पारित गर्यो ७५ करोडको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव

काठमाडौं । लिवर्टी इनर्जी लिमिटेडको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै, कम्पनीको चुक्ता पुँजीको ५० प्रतिशतका दरले हुन आउने ७५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

हाल यो कम्पनीले ३ वटा जलविद्युत आयोजनामा काम गरिरहेको छ । लमजुङमा निर्माण सम्पन्न गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७९ मंसिर १७ गतेबाट व्यापारीक उत्पादन गरिरहेको छ ।

यसैगरी, १.६ मेगावाटका लोदो खोला साना जलविद्युत् आयोजनाको विद्युत खरिद सम्झौता पिपिए भएको र २४.६ मेगावाटका् बडिगाड खोला जलविद्युत् खायोजनाको कनेक्सन एग्रिमेन्ट सम्पन्न भई उत्पादन अनुमतिपत्र प्राप्त गरी पिपिएको क्रममा रहेको कम्पनीका अध्यक्ष आत्मराम घिमिरेले बताउनुुभयो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button