BankingBrandingBusiness NewsCorporateInsurance & Finance

गरिमा क्यापिटलको गज्जबको लगानी योजना

काठमाडौ । गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागी गज्जबको लगानी व्यवस्थापन सेवा योजना ल्याएको छ ।

यो योजना माघ १ गते देखि माघ मसान्त सम्म मात्र लागू हुनेछ । यो योजना अन्तर्गत लगानी व्यवस्थापन सेवामा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राहकहरुले सेवाबाट बाहिरिदा पनि बिना कुनै शुल्क बाहिरन सकिने सुविधा प्रदान गरेको छ । क्यापिटलले आफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत मात्र कार्य सम्पादन शुल्क लिनेछ ।

क्यापिटलले यो सेवा माघ मसान्त सम्म प्राकृतिक व्यक्तिहरुको लागि मात्र लागू गरेको छ । साथै, यो योजना उपभोग गर्न न्युनतम लगानी रकम र÷वा शेयर दश लाखको हुनुपर्ने छ । यो योजना उपभोग गर्न इच्छुक ग्राहकहरुले सिधै क्यापिटलमा सम्पर्क गरेर, गरिमा विकास बैंकका शाखा कार्यालयहरु मार्पत सम्पर्क गरेर प्राप्त गर्न सक्नेछन् ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ ।

यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button