माउन्ट एभरेष्ट पावरले आईपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले २५ लाख ८० हजार कित्ता साधारण सेयर ९आईपीओ० निष्काशन गर्ने भएको छ । जसको लागि कम्पनीले एनआइएमबि एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
यस सम्बन्धी सम्झौतामा माउन्ट एभरेष्ट पावर डेभलपमेन्टका तर्फबाट अध्यक्ष अर्जुन प्रसाद पौडेल र एनआइएमबि एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीको साधारण सेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा एनआइएमबि एस क्यापिटलले प्रदान गरिनेछ ।
कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत हुन आउने २५ लाख ८० हजार कित्ता साधारण सेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन लागेको हो । कम्पनीले दुधकुण्ड खोलाको पानी प्रयोग गरी १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण गर्दै आईरहेको छ । सोलुखुम्बु जिल्लामा अवस्थित उक्त आयोजनाको निर्माण कार्य ८० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ ।