BankingBrandingBusiness NewsCorporateInsurance & Finance

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा

काठमाडौ, । हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा बस्दैछ । कम्पनीले सेयरधनीहरुको लागि लाभांश वितरण नगर्ने जनाएको छ । 

सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

कम्पनीले सभामा ६ जनामा निर्वाचन पनि गर्ने जनाएको हो । जसअनुसार सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट पनि ३ जना सञ्चालकहरुको निर्वाचन हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

सभा, सिल्भर ओक बेंक्वेट, गैरीधारा काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button