BrandingBusiness NewsCorporatePolitics

नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्की  निर्वाचित

सिन्धुपाल्चोक । नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्की  निर्वाचित भएका छन् ।

संघको २४औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा  कार्कीले ४३४ मत ल्याएका थिए ।  

अर्का प्रत्यासी लोपसाङ शेर्पालाई १३ मतले पछाडि पार्दै कार्की निर्वाचित भएका हुन् । दुई वरिष्ठ उपाध्यक्षमा  गङ्गाबहादुर घिमिरे (सागर) ले ४४२ मत र रामचन्द्र पराजुलीले ४४३ मत ल्याई  निर्वाचित भएका छन् ।

यस्तै सचिव पदका लागि पाँच जनाको उम्मेद्वारी परेकोमा विकासप्रसाद रिजाल, आङदोर्जे शेर्पा, तुलसी राउत (श्याम) र सुब्बा श्रेष्ठ निर्वाचित भएका छन् । 

सदस्यलगायत अन्य पदाधिकारी यसअघि नै सर्वसम्मत भइसकेका छन् । आइतबार सर्वसम्मत हुन नसकेका अध्यक्षलगायत पदाधिकारीको भने निर्वाचन भएको हो

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button