Breakingheadline

हाटबजारमा नक्कली नोट दिएर सामान खरिद गर्ने व्यक्ति पक्राउ

वीरगञ्ज, १० फागुन । प्रहरीले बाराबाट नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। नक्कली नोटसहित प्रहरीले बाराको बारागढी गाउँपालिका–२ दौरवा टोल बस्ने ३४ वर्षीय दीपेन्द्र माझीलाई पक्राउ गरेको हो।

प्रहरीले निजगढ नगरपालिका–९ निजगढस्थित हाटबजारमा नेपाली एक हजारको नक्कली नोट दिई सामान खरिद गरिरहेको अवस्थामा माझीलाई पक्राउ गरेको हो।

पक्राउ परेका माझीको साथबाट एक हजार दरको दुई वटा नेपाली नक्कली नोट बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका माझीविरुद्ध मुद्दासम्बन्धी कसुर मुद्दा दर्ता अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button