AutoBankingBrandingBreakingBusiness NewsCorporate

टेस्ला माेडल थ्री नेपालमा (तस्वीर)

काठमाडौं । बिश्वकाे   चर्चित  ब्रान्ड  टेस्ला मोडल थ्रीको २०२४ भर्सन नेपाली बजारमा आएको छ।

केही समय अगाडि अन्तर्राष्ट्रिय बजार आएकाे माेडल थ्रीलाई अरेट इन्टरनेशलले  बजारमा ल्याएको हो।

टेस्लाले पहिलो पटक ठूलो र उत्कृष्ट परिमार्जनसहित बजारमा ल्याएको यस मोडल थ्री लग्जरी इलेक्ट्रीक कार वर्गमा सर्वोत्कृष्ट रहेको हो।

टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुने मध्येको एक मोडल हो, त्यसमा पनि ठूलो परिमार्जनसहित नेपाल आएको यो नयाँ कार मोडल थ्री को रिफ्रेस्द भर्सन भएको अरेट इन्टरनेशनल प्रालिका सीईओ विनोद श्रेष्ठले बताए। 

फराकिलो ३६० डिग्री को दृश्य देखिन सक्ने मूनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बीयन्ट लाइट, भेगन सिट, फ्यूचरिष्टीक बडी डिजाइन, भरपुर सुरक्षा फिचर, बाहिरी अनावश्यक साउन्ड प्रुफ क्याविनको कारण यस नयाँ मोडल थ्रीले विश्वभर चर्चा पाउन सफल भएको छ।

पहिलो पटक कूलिंगसहितको भेन्टिलेटेड सीट रहेको यस भर्सनमा प्रयोग गरिएको सीट म्याटेरिएल पनि पूर्ण रुपमा क्याक्टस बाट निर्मित, दाग प्रतिरोधी (स्टेनलेस)  हो।

एरो डाइनमिक र वाटर सिंक प्रुफ सहितको विशेषता रहेको यस कार, सुरक्षाको दृष्टिकोणमा अन्तर्राष्ट्रिय (एन एच टी सी ए)  बाट ५ स्टार को रेटिंग प्राप्त गरेको छ।

कालो सेतो र काठको कलरबाट सजिएको भित्र भागमा निकै स्लीम डिजाइनमा बनेको ड्यासबोर्ड यसमा पाउन सकिन्छ। ड्यासबोर्डमा दिइएको १५४ इन्चको इन्फर्मेशन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सक्दछ।

यस मोडलमा कुनै पनि बटम ड्यास बोर्डमा छैन। यहाँसम्म कि गियर नब पनि डिजिटल नै उपलब्ध रहेको छ। गियर शिफ्टिंग, इण्डिकेटर प्रयोग लगायत का फंक्सनहरु समेत डिजिटल रुपमा उपलब्ध रहेको ले यसको इण्टेरिएर सुन्दर छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button