Banking

कुमारी सबल योजनामा आवेदन दिने आज अन्तिम दिन

काठमाडौ, १३ फागुन । कुमारी सबल योजनामा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आवेदकहरुले आज कार्यालय समय भित्रमा आवेदन दिन सकिनेछ । कुमारी क्यापिटलका अनुसार  माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना कुल १० करोड इकाई बिक्री खुला गरेको हो ।

जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

यो बन्दमुखी योजना हो । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button