BankingBrandingBreakingBusiness NewsCorporateLifestyle

सुनकाे मुल्यमा नयाँ रेकर्ड, प्रति ताेला १ लाख २३ हजार ५ सय

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५ सय तोकिएको छ । 

मगलबार समेत उच्च दर प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो । 

त्यस्तै , आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर१ हजार सय ४० तोकिएको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा हाल सुन प्रति औँस दुई हजार एक सय २६ डलर आसपास कारोबार भइरहेको छ । 

किन महँगियो सुन ?

अन्तर्राष्ट्रिय बजारमा मूल्य बृद्धि भएको कारण नेपाली बजारमा सुनचाँदीको भाउ महँगिएको हो । अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य तोकिन्छ । 

नेपाली बजारको मागले सुनचाँदीको मूल्यमा खासै भूमिका खेल्दैन ।

लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफलयोग्य ठानिएकाले यसको मूल्य लगातार बढ्दो क्रममा देखिएको छ।

त्यस्तै, नेपालले डलरको आधारमा विदेशी राष्ट्रसँग व्यापार गर्ने गर्दछ । जसले गर्दा डलरको मूल्य बढ्दा सुनको मूल्य स्वतः प्रभावित हुन्छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button