BankingBrandingBusiness NewsCorporateeducation

गरिमा विकास बैङ्कद्वारा ब्लु डायमण्ड सोसाइटीमा वित्तीय जागरण कार्यक्रम सम्पन्न

काठमाडौ । गरिमा विकास बैङ्क लिमिटेडले ब्लु डायमण्ड सोसाइटीका एलजिबिटिक्यू समूहलाई वित्तीय जागरण कार्यक्रम सम्पन्न गरेको छ ।

बैङ्कको चावहिल शाखाद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरूलाई उत्प्रेरणा दिँदै र बैङ्कका विभिन्न सेवाहरूको विषयमा शिक्षा प्रदान गरिएको हो ।

तालिममा व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रडबारे सचेतना, विभिन्न प्रकारका बचत, कर्जाहरू तथा बैङ्कबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरूको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको हो ।

कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीकोतर्फबाट अध्यक्ष शितल पिंकी गुरुङको उपस्थिति रहेको थियो ।

त्यस्तै, गरिमा विकास बैङ्कको तर्फबाट जोखिम व्यवस्थापन विभाग प्रमुख दिपकराज भण्डारी, लाजिम्पाट क्षेत्रीय कार्यालय प्रमुख रमेश रिजाल, चावहिल शाखा प्रमुख ईक्षा भण्डारी र अन्य कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

ब्लु डायमण्ड सोसाइटीको तर्फबाट कार्यक्रममा उपस्थित सहभागीहरूलाई सो कार्यक्रमले वित्तीय ज्ञान प्रदान गर्ने र आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पार्ने बैङ्कले विश्वास लिएको छ ।

काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैङ्क लिमिटेडको काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकहरूलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button