BankingBrandingBusiness NewsCorporate

एभरेष्ट बैंक र वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस बीच डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउन साझेदारी

काठमाडौँ । बैंक तथा वित्तीय संस्थालाई “API Management System – APIMS” उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एभरेष्ट बैंकबीच समझदारी भएको छ ।

समझदारी पत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर आशुतोष शर्मा   र वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार एभरेष्ट बैंकलाई वान प्वाइन्टले “API Management System – APIMS” उपलब्ध गराउनेछ । वानप्वाइन्टको एपीआईएमएसले बैंकको एपीआई सिस्टमलाई व्यवस्थित बनाउन सहयोग गर्ने छ ।

बैंक तथा वित्तीय संस्थाको डिजिटल बैंकिङ पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ ए्.टि.एम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एस्.एम्.एस् बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button