BankingBrandingBreakingBusiness NewsCorporate

डेभलपमेण्ट बैंकर्सद्वारा अर्थमन्त्रीलाई भेट, चर्चा भयो अर्थतन्त्रमा बैंकको योगदान

काठमाडौ । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभपलमेण्ट बैकर्स एसोसिएसन नेपालले अर्थमन्त्री वर्षमान पुनलाई भेट गरेका छन ।

डेभलपमेण्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा एसोसिएसनका पदाधिकारीहरुले अर्थमन्त्री पुनलाई भेट गरेका हुन । उक्त भेटघाटका क्रममा एसोसिएसनका अध्यक्ष श्रेष्ठले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरुले पु¥याएको योगदानको वारेमा जानकारी गराएका थिए ।

भेटघाटका क्रममा नवनियुक्त अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सर्वाङ्गिण विकासको लागि विकास बैंकहरुले पु¥याएको योगदानको प्रशंसा गर्नुका साथै कुनै पनि खराव मनसाय नराखी काम गर्दा सरकारले पूर्णरुपमा सहयोग गर्ने भएकोले निर्धक्कसँग काम गर्नको लागि सुझाव दिएका थिए ।

भेटघाटका क्रममा बैंकिङ व्यवसायका समस्या र चुनौतीहरुका वारेमा समेत छलफल भएको एसोसिएसनका उपाध्यक्ष तथा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह वोहराले बताए ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button