BankingBrandingBreakingBusiness NewsCorporate

ग्लोबल आइएमईको ग्रिन ड्राइभ योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ ।

अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको हो । सो ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपांग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइने बैकले जनाएको छ ।

कर्जाको अवधि पाँच वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र पाँच वर्षभन्दा बढिको लागि स्थिर ९.९९ प्रतिशत ब्याजदर रहेको छ।

न्यूनतम सहित स्थिर ब्याजदरमा सार्वजनिक भएको उक्त ग्रिन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाइराखेकालाई सो योजनाले लाभान्वित गर्ने विश्वास बैंकले लिएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button