BankingBreakingBusiness NewsTrending

गरिमा विकास बैंकको सिईओमा माधव उपाध्याय नियुक्त

काठमाडौँ । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा माधव उपाध्याय नियुक्त हुनुभएको छ ।
बैकको सञ्चालक समितिको ३ सय ४औं बैठकले उहाँलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँ बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापनरप्राध्यापन पेशामा संलग्न हुनुहुन्थ्यो ।

बैंकमा विगत १५ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल चैत्र मसान्तमा समाप्त हुने भएपनि नयाँ नियुक्त गरिएको हो ।

साथै, सोही बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत्र १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button