BankingBrandingBreakingBusiness NewsCorporate

लक्ष्मी सनराइजद्वारा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । लक्ष्मी सनराइज बैंकले समावेशीता, समानता र सशक्तीकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै लैङ्गिक समानता र महिला सशक्तीकरणको कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल तथा भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक लगायतका वक्ताहरुले महिला नेतृत्व र सशक्तिकरणको बारेमा आफ्ना महत्वपूर्ण धारणाहरु राखेका थिए ।

कार्यक्रमको समापन मन्तव्यमा लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाहले बैंकका महिला कर्मचारीहरुको व्यावसायिक विकास तथा मानसिक एवं शारीरिक सुस्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताए । यस पहलमा बृहत् मेन्टरसीप कार्यक्रम, लक्षित नेतृत्व प्रशिक्षण, गर्भावस्थाको समयमा लचिलो कार्य व्यवस्थाहरु र महिला कर्मचारी भएका कार्यालयहरुमा स्याहार केन्द्र तथा स्तनपान कक्षहरुको व्यवस्था लगायतका योजनाहरु समावेश छन् ।

उनले महिलाहरुलाई व्यक्तिगत र व्यावसायिक रुपमा सक्षम बनाउने वातावरण निर्माण गर्न बैंक प्रयत्नशील रहेको उल्लेख गर्दै उत्पीडन र भेदभावका मामलामा शून्य सहनशीलता कायम गर्ने नीतिमार्फत् सबैका लागि मनोवैज्ञानिक रुपमा सुरक्षित र सम्मानजनक कार्यस्थल बनाउने प्रतिबद्धता जाहेर गरे ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button