BankingBrandingBreakingBusiness NewsCorporate

गरिमा विकास बैंकका सिइओ उपाध्यायले लिए पद तथा गोपनियताको सपथ

काठमाडौ । गरिमा विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) माधव प्रसाद उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन ।

शनिबार काठमाण्डौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा एक विशेष समारोह आयोजना सपथ लिएका हुन ।
यस्तै बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द प्रसाद ढकालको विदाई समेत गरिएको छ ।

उक्त समारोहमा विकास बैंकको सञ्चालक समितिका पदाधिकारीहरु, पुर्व अध्यक्षहरु, गरिमा म्युचुअल फण्डका कोष सुपरिवेक्षकहरु, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, विकास बैंकमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारीहरु तथा अन्य कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।


विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएसंगै विकास बैंकको सञ्चालक समितिको ३०४औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधव प्रसाद उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।


पद तथा गोपनियताको समथ ग्रहण पश्चात बोल्दै नवनियुक्त सिइओ उपाध्यायले विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्ति मार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी विकास बैकलाई थप उचाईमा पु¥याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रीत रहने प्रतिवद्धता व्यक्त गरे ।


त्यसैगरी निवर्तमान सिइओ ढकालले विगत १५ वर्षभन्दा बढी समय विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समतिप्रति कृतज्ञता व्यक्त गरे ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button