BankingBrandingBusiness News

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकमा छुट

काठमाडौं ।  नेपाल एसबिआई बैंकका ग्राहकले काठमाडौं कमलादीमा रहेको स्काईवाकमा छुट पाउने भएका छन् ।

बैंक र वन्डर्स नेपालबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । 

सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडार वन्डर्स नेपालका प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, बागमती प्रदेशका प्रमुख बिनोदकुमार ढुंगेल र बैंक तथा वन्डर्स नेपालका अधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button