BankingCorporateInfo-TechInsurance & Finance
ट्रेन्डिङ

नेपाल रेमिटबाट पठाएको पैसा सिधै एनएमबी बैंकको खातामा

काठमाडौ । नेपाल रेमिट इन्टरनेसनल र एनएमबी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार अब जुनसुकै देशबाट पनि नेपाल रेमिटमार्फत पठाएको रकम एनएमबी बैंकको बैंक खाता तथा एनएमबी बैंकका शाखा कार्यालयबाट सहजै पाउन सकिने छ ।

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र एनएमबी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका हुन् ।

नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । यस सम्झौतासँगै अब झन सहजै नेपालमा रेमिट्यान्स प्राप्त गर्न सकिने कम्पनीको विश्वास छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button