BankingBrandingBusiness NewsCorporateInsurance & FinanceShare MarketTrending
फेरी घट्न थाल्यो सेयर बजार, ६ अर्बको कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
बुधबार नेप्से परिसूचक ३५ दशमलव ३७ अंकले घट्दा २१५० दशमलव ९९ को विन्दुमा झरेको हो ।
बुधबार कुल ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार गरेको छ । आज कम्पनीले कुल ८३ करोड ७० लाख ३६ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।
यस्तै शिवम सिमेन्त लिमिटेडले २८ करोड २२ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार गरेको छ भने सोल्टि होटलले २३ करोड ५६ लाख ३८ हजार रुपैयाँको शेयर कारोबार गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १९ करोड ५० लाख ७२ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।