एनएमबि क्यापिटलको एसआइपी इन्भेष्टमेन्टको लागि इमान्डेट मार्फत् पेमेन्ट गर्न सकिने
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको Systematic Investment Plan (SIP) अन्तर्गत इकाईधनीहरुले अब एक पटक सेटअप गरेको आधारमा भुक्तानी schedule गरी SIP मा लगानी गर्न सक्ने भएका छन् ।
एनएमबि क्यापिटल र एनसीएचएल बीच भएको सम्झौता अनुसार एनएमबि क्यापिटलका इकाईधनीहरुले SIP मा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्दा, लगानी गर्ने रकम एक पटक अनलाइन e-mandate भरी लगानी रकम तोकिएको समय अन्तरालमा स्वचालित रुपमा भुक्तानी गर्न सक्नेछन् ।
एनएमबि क्यापिटलको SIP अन्तर्गत खुलामुखी योजना अनुसार मासिक वा त्रैमासिक रुपमा निश्चित रकम लगानी गर्न सकिन्छ । लगानीको बानी विकास गर्ने गरी, स–सानो रकमको लगानी समेतमा कम्पाउण्डिङ्ग रिटर्न (Compounding Return) को लाभ लिन मिल्ने गरी SIP मा लगानी गर्न सकिन्छ ।
आफूले चाहे अनुसार लगानी रकम र समय अवधि थपघट गर्न सकिने हुँदा, SIP मार्फत् लगानी गर्नेहरुको संख्या उल्लेख्य वृद्धि हुँदै गएको देखिन्छ ।
SIP सम्बन्धी थप जानकारी र लगानीको लागि www.nmbcl.com.np मा गई SIP मा आबद्ध हुन वा भुक्तानी गर्न सकिन्छ साथै उक्त लगानी गर्न e-mandate को प्रयोगले अब ग्राहकलाई पटक पटक भुक्तानी समय सम्झिने झन्झटबाट समेत मुक्त गर्ने अपेक्षा गरिएको छ ।