Business NewsInsurance & Finance

स्टार हस्पिटल र नेपाल प्रहरी श्रीमती संघबिच सम्झौता,स्वास्थ्य उपचारमा छुट दिने

काठमाडौ । स्टार हस्पिटल, सानेपा, ललितपुर र नेपाल प्रहरी श्रीमती संघबिच स्वास्थ्य उपचार सेवा लिने दिने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोर महर्जन र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले हस्ताक्षर गर्नुभएको हो ।

उक्त हस्ताक्षर समारोहमा स्टार हस्पिटलका मेडिकल डाईरेक्टर, सि.ओ.ओ., विभागिय प्रमुखहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुखको उपस्थिती रहेको थियो ।

सम्झौता अनुसार स्टार हस्पिटलले, नेपाल प्रहरीका बहालवाला प्रहरी परिवार, अमर प्रहरी परिवार, अशक्त प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका आश्रित सदस्यहरुलाई अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवामा छुट दिने र स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरुमा सहकार्य गर्नेछ ।

हस्ताक्षर समारोहमा बोल्दै हस्पिटलका कार्यकारी अध्यक्ष किशोर महर्जनले हस्पिटलका विभिन्न सेवा सुविधाका सम्बन्धमा जानकारी गराउँदै भविष्यका योजनाहरुका बारेमा बताउनुभयो । नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरले स्टार हस्पिटलसंग सहकार्य गर्न पाउनु अत्यन्त उपलब्धीपूर्ण रहेको र यसको पूर्ण कार्यन्वयनमा जोड दिँदै हस्पिटललाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

स्टार हस्पिटलले सामाजिक क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था संग निरन्तर सहकार्य गर्दै आइरहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button