एन आई सी एशिया बैंकले गर्यो पाँच ग्राहकहरूलाई दुर्घटना बीमा वापत ५० लाख हस्तान्तरण
काठमाडौ । एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाखको दरले बीमा रकम ५० लाख हस्तान्तरण गरेको छ ।
बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहक दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बीमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरेको हो ।
दुर्घटना बीमा वापतको बीमा लाभ प्राप्त गर्नुहुने ग्राहकहरूमा चितवनस्थित बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्र प्रसाद बछाडको भाइ राजन प्रसाद बछाड, रुपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोलेका मृतक सम्राट खनालको बुबा लक्ष्मण खनाल, बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशिष थारुको बुबा दुल्लु राम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता खोल्नु भएका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमा देवी घिमिरे दाहाल र स्याङजास्थित कृषि शाखामा खाता खोल्नु भएका मृतक कृष्ण प्रसाद भण्डारीकी श्रीमती टंकी देवी भण्डारी रहेका छन्।
निज लाभग्राहीहरूले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेका हुन्। यस बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ३ हजार १ सय १६ जना ग्राहक महानुभावहरूलाई रू ९ करोड ४० लाखभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भईसकेको बैकले जानएको छ ।
जसमध्ये घातक रोग बीमा वापत २८ जनाले रू ३ करोड, दुर्घटना बीमा वापत १७ जनाले रू १ करोड ७० लाख र मेडिकल बीमा वापत ३ हजार ७१ जनाले रू ४ करोड ७० लाखभन्दा बढी रकम प्राप्त गरिसक्नुभएको छ । यस बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि रू। ८४ लाखसम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरू’ सञ्चालन गरिरहेको छ ।
.