Business NewsInfo-Tech

रेड्मी १२ : शाओमीको अत्याधुनिक प्रविधिको स्मार्टफोन

काठमाडौँ ।ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

उत्कृष्ट प्रदर्शन र फिचरहरु प्रदान गर्ने यस स्मार्टफोन बजारमा सुपथ मूल्यमा उपलब्ध हुनेछ ।


रेड्मी सिरज अन्तर्गतको एउटा मोडेल रेड्मी १२ ले अतुलनीय अनुभव प्रदान गर्दै बजेट अनुकूल स्मार्टफोनको परिभाषा नै परिवर्तन गर्ने लक्ष्य राखेको छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, अमित कुमार पंडाज्युले भन्नुभयो, “हामी शाओमीका प्रविधियुक्त स्र्माटफोनहरु सबैका लागि पहुँचयोग्य बनाउन प्रतिबद्ध छौँ ।

रेड्मी १२ मोडलमा फिचर, प्रदर्शन र किफायतीको संयोजन मार्फत हामी इन्ट्री लेबल स्र्माटफोनलाई पुन परिभाषित गर्ने उद्देश्य राखेका छौँ । हामीलाई विश्वास कि यस डिभाइसले प्रयोगकर्तालाई डिजिटल संसारका सम्पूण सम्भावनाहरूका ढोका खोल्नेछ । ”

प्रोसेसर
रेड्मी १२ मा १२ एन एममा निर्मित Octa-Core मिडियाटेक हिलियो G88 प्रोसेसर,2GHz मा 2 x आर्म कोरटेक्स-A75 कोरहरु तथा 1.8GHz मा 6 x आर्म कोरटेक्स A55 कोरहरु सहित उपलब्ध छ । यस डिभाइसको प्रोसेसर आर्म माली- G52 GPUसमावेश छ ।

रेड्मी १२ – ६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबीको स्टोरेज गरी जम्मा २ भेरियन्टमा उपलब्ध छ । स्टोरेज भने १ टिबी सम्म थप गर्न मिल्नेछ ।

ब्याट्री र चार्जिङ
फोनमा ५००० एम ए याच ब्याट्री जडान गरिएको छ जसले १८ वाट फास्ट चार्जिङ समर्थन गर्दछ । तपाईले बक्स भित्र २२.५ वाट को फास्ट चार्जर पाउनुहुनेछ । यसमा चार्जिङ र डाटा ट्रान्सफरका लागि युयसबी–सी पोर्ट रहेको छ । सुरक्षाका अप्सनहरूमा साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक समावेश छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button