Entertainment

दराजले ल्यायो ७० प्रतिशतसम्मको ‘महाबचत बजार’ कसरी लाभ लिने ?

काठमाडौ । दराज नेपालले २०२३ को लागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा गरेको छ। यस अभियानमा दराजले ७०% सम्म छुटको मेगा डिल अफर ल्याएको छ ।

दराजले अनलाइन सपिङमा अफरहरुको साथ झन्झटरहित सपिङ , सामान डेलिभरी र अन्य थुप्रै सेवाहरु प्रदान गर्दछ | उक्त उद्देश्यलाई प्राथमिकता राख्दै दराजले ई-सेवा, IME Pay र अन्य बैंकहरु मार्फत प्रि-पेमेन्ट्को पनि व्यवस्था गरेको छ जसमा ग्राहकहरुले १०% छुट अधिकतम रु. १००० र १५% छुट अधिकतम रु. १५०० प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, यस अभियानको Giveaway Prize मा Panasonic 270 L Inverter Frost-Free Double-Door Refrigerator, Panasonic 55 Inch 4K HDR Smart Android LED TV, र Panasonic 8kg Front Load Washing Machine समावेश छ। मेगा गिवअवे पुरस्कार जित्नको लागि ग्राहकले न्यूनतम रु. ३५०० को प्रि-पेमेन्ट गर्नुपर्ने हुन्छ ।

महाबचत बजारको बारेमा बोल्दै दराजकी मार्केटिङ हेड विधा प्रधानले ‘‘यस महाबचत अभियानमा ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा आकर्षक डिस्काउन्टको फाइदा लिइ बचत गर्न सकिने, त्यसैले दराज एपमा गई सपिङको मज्जा लिन हामी ग्राहकवर्गमा अनुरोध गरिएको कुरा बताइन् ।”

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button