BrandingBusiness NewsCorporateShare Market

लक्ष्मी भ्यालु फण्ड-२ को आजदेखि बिक्री खुल्यो

काठमाडौ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडल शुक्रबारदेखि सर्वसाधारण लगानिकर्ताको लागि
‘लक्ष्मी भ्यालु फण्ड २ ’ नामक बन्दमुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाईहरु निष्कासन गर्न लागेको हो


जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी सनराइज बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ भने बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको छ ।


सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । शुत्रबारबाट निष्कासन हुने यो फण्डमा लगानीकर्ताले छिटोमा साउन ९ गतेसम्म र ढिलोमा साउन १९ गतेसम्म धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button