BankingBrandingBusiness NewsCorporate

ज्योति विकासको १५ औं वार्षिकोत्सव, Super Smart Savings Account सार्वजनिक

काठमाडौं । ज्योति विकास बैंकले आफनो स्थापनाको १५ औं वार्षिकोत्सव मनाएको छ ।

कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा बैंकका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्व रहेको कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्यहरु, भुतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थिति रहेको थियो । बैंकका प्रमुखकार्यकारी अधिकृत श्रीचन्द्र भट्टले स्वागत मन्तव्यका साथ कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

बैंकले वार्षिकोत्सवको दिन नख्खुस्थित आफ्नो १२१ औं शाखाको पनि औपचारिक समुद्घाटन गरेको छ । अध्यक्ष हरि चन्द्र खड्काले डिजिटल प्रविधिमार्फत ताम्रपत्र अनावरण गरी शाखाको समुद्घाटन गर्नुभएको हो ।

सोहीक्रममा उपस्थित सबैलाई नख्खु शाखाको डिजिटल माध्यमबाट भर्चुअल टुर गराइएको थियो। नख्खु शाखा उद्घाटन पश्चात् उपत्यका र उपत्यका बाहिर गरी ज्योति विकास बैंकको १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम पुगेको छ ।

कार्यक्रममा बैंकमा १० वर्ष तथा १५ वर्ष देखि अनवरत रूपमाकार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । अध्यक्षश्री हरि चन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले संयुक्त रुपमाकर्मचारीहरुलाई पदक तथा कदर–पत्रप्रदान गर्नुभएको हो ।

१५औं वार्षिकोत्सवको अवसरमा बैंकले ग्राहकवर्गहरुको आवश्यकतालाई मध्यनजरमा राखी १५ रुपैंयामा अतुलनीय विशेषतासहितको “Super Smart Savings Account” सार्वजनिक गरेको छ ।

साथै यहि अवसरमा साउन १४ सम्म ज्योतिविकास बैंकको खाता इसेवामा लिंक गर्ने सम्पूर्ण ग्राहकहरुलाई रु.१५० बोनस तथा खल्ती App संग पहिलो पटक ज्योतिविकास बैंकको खातालिंक गर्ने ग्राहकलाई रु. १०० बोनस प्राप्तहुने व्यवस्था मिलाएको छ ।

१५औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु समेतआयोजना गरेको छ । रक्तदान, वातावरण सरसफाई सम्बन्धिकार्यक्रम, वृक्षारोपण जस्ता विभिन्नकार्यक्रमहरु आयोजना गरिएको छ। साथै , बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकवर्ग र कर्मचारीहरुकालागि निःशुल्क मेहेन्दीकार्यक्रम पनि आयोजना गरेको छ ।

कार्यक्रममाअध्यक्ष हरि चन्द्र खड्काले मन्तव्य प्रस्तुतगर्दै बैंकको १५ वर्षको गौरवपूर्ण यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिनुहुने समस्तग्राहकवर्ग, शेयरधनीहरू, नियामक निकायहरू, कर्मचारीहरू लगायत सम्पूर्ण शुभेच्छुकहरु प्रतिअत्यन्तअनुगृहीत रहँदै हार्दिक कृतज्ञता ज्ञापन गर्दै अबको यात्रामापनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गर्नुभयो । अध्यक्ष खड्काले आगामीदिनहरुमापनिअझ गुणस्तरीय बैंकिङ्ग सेवादिंदै थपउत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरु, पूर्व अध्यक्षहरु, कर्मचारी, शेयरधनी र ग्राहकवर्गहरुलाई आभार व्यक्त गर्नुभयो । प्रमुखकार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्टले बैंककाविभिन्नकार्यक्रमउपलब्धि र संस्थागत सामाजिक उत्तरदायित्वमा प्रकाशपार्दै बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।साथै, कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी ध्रुव कुमार उप्रेती र संस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष प्रचारमान सिंह प्रधानले बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा पाल्नुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा। महावीर पुनले बैंकले केन्द्रको न्यानो नानी परियोजनामा गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्नुभयो र आगामीदिनमापनि यस्तै उदाहरणीय कार्यलाई निरन्तरतादिन अनुरोध गर्नुभएको थियो ।

आफ्नो खुद मुनाफाबाट नेपालमाहाल सञ्चालनमा रहेका अन्य बैंक तथावित्तीय संस्थाहरुले सामाजिकउत्तरदायित्वअन्तर्गत समाजिककार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रतिउत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तमहित सदा उच्चप्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामकनिकाय, शेयरधनी र समग्र सरोकारवालाको हकहितमा योगदानपुर्याउन ज्योतिविकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button