BreakingPoliticsTrending

अब राप्रपा नेपाल जनसंघर्षको बाटोबाट अघि बढ्छः कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको भाबी रणनीति जनदबाब , जनसंघर्ष र जनआन्दोलन भएको बताएका छन् । 

जिल्ला समिती काठमाडौंद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य नभई देशले भोग्नु परिरहेको बिधमान समस्याको समाधान ननिस्कने समेत दाबी गरे । 

उनले राष्ट्र निर्माणको फरक बिचार र बाटो तय गर्दै बैकल्पिक शक्तिको रुपमा राप्रपा नेपाललाई स्थापित गर्ने दृढता समेत ब्यक्त गरे । संकटग्रस्त अर्थतन्त्र, भ्रष्टाचारको महारोग , धर्मपरिबर्तनको डढेलो, लोकतन्त्रको नाममा ब्याप्त सर्बसत्ताबाद र बाह्य शक्तिको तिब्र चलखेलबाट मुलुक आक्रान्त भएको चर्चा गर्दै थापाले सडक संघर्षमा आउने सबै राष्ट्रबादी प्रजातान्त्रिक शक्तिहरुसङ्ग एकता र सहकार्य हुन सक्ने समेत स्पष्ट पारे ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button