BrandingBreakingBusiness NewsTrending

तीन वटा कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले थप तीन वटा कम्पनीलाई धितोपत्र दलाल अनुमतिपत्र (ब्रोकर लाइसेन्स) प्रदान गरेको छ । 

साउन २४ गते बसेको बोर्डको बैठकले प्रक्रिया पु¥याएर आवेदन दिएका जे.बि.एन.एल. सेक्युरिटिटिज लि., आर.वि.वि.सेक्युरिटीज कम्पनी लि. र सि.वि.आई.एल.सेक्युरिटीज लि.लाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो । 

काठमाडौंमा केन्द्रीय कार्यालय रहने दुई वटा ब्रोकर कम्पनी र एउटा ललितपुरमा कार्यालय रहने कम्पनीलाई सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र दिइएको धितोपत्र बोर्डले जनाएको छ । 

यसअघि कम्पनी तीन पटक गरेर १७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ । योसँगै थप नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुको संख्या २० पुगेको छ । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button