Breaking

नेसनल लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला

काठमाडौ, २९ भदौ ।  नेसनल लघुवित्त वित्तीय संस्थाले शुक्रबारबाट ६२ हजार ५०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले यसको भाउ प्रतिकित्ता ५३० रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।   

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा असोज १२ गतेभित्र बिक्री प्रबन्धक एनआईएमबी एस लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।  

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button