CorporateInsurance & Finance

प्रभु महालक्ष्मी लाइफको एकिकृत कारोबार


काठमार्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबारको शुभारम्भ गरेको छ ।

नेपाल बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले एक समारोहका बीच नयाँ स्थान्तरित केन्द्रिय कार्यालय भवनमा एकिकृत कारोबारको शुभारम्भ गर्नुभयो । उहाँले कम्पनीले जनताको चाहना अनुसार नयाँ नयाँ बीमा पोलिसी ल्याएर स्वस्थ प्रतिस्पर्धाको गर्नु पर्नेमा जोड दिनुभयो ।

नेपाल बीमा प्रधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ करोड पुर्‍याउने निर्देशन जारी गरेपछि २०७९ आषाढ ३० गते साविक प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच मर्जरको लागि सम्झौता भएको थियो।

२०८० जेष्ठ २६ गते साधारण सभाबाट एकिकृत कारोबारको निर्णय भएपछि नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र वोर्डबाट स्वीकृति लिएर आज मर्जर कार्य सम्पन्न भएको हो।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button