BrandingCorporate

आइशरको दशैं,तिहार स्कीम, भाग्यमानीलाई मिनी इभी कार

काठमाडौं । आइशरले दशैं र तिहारको अवसरमा नयाँ आइशर गाडी खरिद गर्दा रोजेर उपहार लिन पाइने योजना ल्याएको छ । बतास एमएडब्लु कमर्शियल भेहिकल (बी.एम.सी.वी) ले दशैं तिहार स्कीमको घोषणा गरेको हो ।

यस योजना अन्तर्गत आइशर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरुले रोजेर उपहार लिन पाउने छन् । यो योजनाको अन्त्यमा बम्पर उपहार अन्तर्गत एकजना भाग्यमानीले मिनी इभी कार पनि प्राप्त गर्ने छन् ।

उल्लेखित उपहारहरु बाहेक चालकलाई पाँच लाख रुपैयाँ र २५ लाख रुपैयायँको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि आइशरले प्रदान गर्नेछ ।

७० भन्दा बढी देशहरूमा फैलिएको आइशर, भोल्भो र आइशरको संयुक्त परियोजनामा बिबिध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आइरहेको छ । साथै, हालसालै भएको बतास र एमएडब्लूको एकताले ब्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ टच पोइण्टस्को साथ देशैभर व्यवसायिक सवारी साधन उपलब्ध गराउँदै आएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button