Breaking

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका उपचाररत ​​​​​पाइलटको मुत्यु

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाशकुमार (पीके) सेढाईंको भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ ।  उपचाररत सेढाईंको मृत्यु भएको मनाङ एयर प्रालिले जानकारी दिएको हो । 

मनाङ एयर प्रालिले क्याप्टेन सेढाईंको मृत्युको खबरले स्तब्ध बनाएको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै प्रालिले भनेको छ, ‘चिकित्सकहरुको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा उहाँको दुःखद निधन भएको व्यहोरा जानकारी गराउँदछौं । उपचारका क्रममा सहयोग पुयाउनु हुने अस्पताल, चिकित्साकर्मी, परिवारजन तथा शुभेच्छुकमा हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।’

गत असोज २७ गते सोलुखुम्बुको खुम्बु क्षेत्रमा मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्ट दुर्घटना भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेर आगलागी भएको थियो । हेलिकप्टरमा क्याप्टेन सेढाईं मात्र थिए ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button