BankingBrandingBusiness NewsCorporate

ग्लोबल मनी वीकमा १९ सय विद्यार्थीमाझ नबिलद्वारा कार्यक्रम

काठमाडौं । नबिल बैंक लिमिटेडले वित्तीय साक्षरत अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ ।

नबिलले ग्लोबल मनी वीक २०२४ को अवसरमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरेको हो । अभियान अन्तर्गत नबिल बैंकले देशका सातै प्रदेशमा १९ सय भन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

बैंकले युवाहरुलाई सानै उमेरदेखि आर्थिक रुपमा सचेत गराउनु पर्छ र त्यसका लागि राम्रो वित्तीय ज्ञान दिन जरुरी छ भन्ने ध्येयले जागरुकता अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।

ग्लोबल मनी वीकको सन्दर्भमा सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षा लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको बैंकले जनाएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button