BreakingEntertainment

मेरिल स्ट्रिपले ४५ वर्षको वैवाहिक सम्बन्ध तोडिन्

काठमाडौं । पश्चिमी समाजमा सम्बन्ध विच्छेद नौलो कुरा होइन । बिहे भन्दा धेरै सम्बन्ध विच्छेद हुन्छन् त्यहाँ । तर कसैले बिहे गरेको ४५ वर्षपछि सम्बन्ध विच्छेद गरेको खबर चाँहि हत्तपत्त सुन्न पाइदैंन । हलिउडमा भर्खरै यस्तै भएको छ । हलिउडको इतिहासमा सबैभन्दा धेरै पटक एकेडेमी अवार्डको लागि मनोनीत अनि तीन पटकको एकेडेमी अवार्ड विजेता चर्चित अभिनेत्री मेरिल स्ट्रिपले आफ्नो ४५ वर्ष पुरानो वैवाहिक सम्बन्ध तोडेकी छिन् । स्ट्रिपले पति डन गमरसँगको ४५ वर्षदेखिको सम्बन्ध अन्त्य गरेकी छिन् । यी दुईको बिहे सन् १९७८ मा भएको थियो । यी दुईको जोडी हलिउडमा सबैभन्दा चार्मिङ जोडीको रूपमा रहेका थिए । मेरिल अहिले ७४ वर्ष र गमर ७६ वर्षका भए । उमेर ढल्किँदै गर्दा जीवनसाथीको आवश्यकता झनै बढ्छ । तर पछिल्लो समय बुढ्यौलीमा सम्बन्ध विच्छेद गर्ने अर्थात् ‘सिल्भर सेपरेशन’को ट्रेन्ड बढ्न थालेपछि यसबारे साइकोलोजिकल रिसर्च र सर्वेक्षण बढेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button