CorporateInfo-TechTrending

नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवाल र पाकिस्तानी राजदूत हासमीबीच छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीबीच दुई पक्षिय हितका विषयमा छलफल भएको छ ।

राजदूत हाशमीलाई परिसंघ सचिवालयमा स्वागत गर्नुहुँदै अध्यक्ष अग्रवालले समग्र आर्थिक विकासका लागि सरकार एवं अन्य सरोकारवाला निकायहरुसँग परिसंघले सहकार्य गर्दै आएको बताउनुभयो ।

उहाँले पर्यटन, चिया, कफीलगायतका माध्यमबाट पाकिस्तानसँगको व्यापार घाटा न्यूनीकरण गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल पाकिस्तानबीच सिधा हवाई सम्पर्क पुनः जोड्न सकिए पर्यटन उद्योगका लागि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । त्यसका लागि आवश्यक सहयोग एवं समन्वय गर्न समेत उहाँले राजदूतलाई आग्रह गर्नुभयो ।

राजदूत हाशमीले नेपाली वस्तुहरु पाकिस्तान निर्यात बढाउन आवश्यक सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पाकिस्तानमा चियाको राम्रो बजार रहेकाले नेपाली चिया निर्यात गर्न सकिने बताउनुभयो । पाकिस्तानी पर्यटकहरु नेपाल भ्रमण गर्न रुचाउने भन्नुहुँदै उहाँले दुई देशबीच डिजिटल भुक्तानी हुने व्यवस्था गर्न सुझाउनुभयो ।

छलफलमा परिसंघ पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा, महानिर्देशक दिपकराज जोशीलगायत सहभागी हुनुहुन्थ्यो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button