Breaking

नर्सरी व्यवसायी संघ नेपालले ‘तिहार फ्लोरा एक्स्पो २०८०’ आयोजना गर्दै

काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालले फूल तथा बत्तिको विशेष पर्व तिहारलाई मध्य नजर गर्दै ‘तिहार फ्लोरा एक्स्पो २०८०’को आयोजना गर्ने भएको छ । यही कार्तिक १४ गतेदेखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुने ५ दिने तिहार फ्लोरा एक्स्पो हुने संघले जनाएको छ ।
उक्त एक्स्पोमा देशका विभिन्न भागबाट नर्सरी व्यवसायीहरूको सक्रिय सहभागिता रहने मेला संयोजक रविनकुमार गौतमले बताए । मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल विरुवाहरूलगायत कृषि तथा वन, जडिबट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिने छ ।

मेलामा ६० वटा व्यवसायिक स्टल रहने छ भने मलखाद, अगानिक एवं रसायनिक बिषाधी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने छ ।

नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि मेलाले अवसर उपलब्ध गराउने संघले जनाएको छ ।

मेलाको आकर्षणको रूपमा प्रदर्शित फूल विरुवाको प्रस्तुतिको सम्बन्धित क्षेत्रको विज्ञ प्राविधिकद्वारा मूल्याङ्कन गराई शिल तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरिने छ ।

साथै लामो समयदेखि नर्सरी व्यवसायमा क्रियाशिल व्यवसायीहरूमध्येबाट १ जनालाई सम्मानपत्रद्वारा सम्मान गरिनेछ ।

नर्सरी क्षेत्रमा आयातित वस्तुको प्रतिस्थापनको लागि बृहत लगानीबाट उत्पादनमा सक्रिय व्यवसायीहरूमध्येबाट १ जनालाई नगद, दोसल्ला तथा सम्मान पत्रबाट सम्मान गरिने कार्यक्रम रहेको संयोजक गौतमले जानकारी दिए ।

उक्त मेलामा कम्तीमा ३० हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको उनले बताए । मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ विद्यार्थीहरूका लागि प्रतिव्यक्ति ५० रुपैयाँको व्यवस्था गरिएको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले पुष्प नर्सरी, कृषि तथा वन नर्सरी, फलफूल नर्सरी र जडिबुटी नर्सरीका विषय क्षेत्रहरूलाई समेटी व्यवसायीहरूलाई सङ्गठिन गर्ने उद्देश्य लिएको जानकारी दिएको छ ।

हालसम्म समग्र नर्सरी क्षेत्रको राष्ट्रिय रूपमा सङ्गठित संस्था नभएको तथा नर्सरी व्यवसायीहरूको हक, हित तथा अधिकारको सुनिश्चितताका साथै व्यवसायिक लगानी, सिप, क्षमताको विकास र विस्तार एवं प्रबर्द्धन गर्न सङ्गठित गर्ने छाता सङ्गठनको नभएको समग्र नर्सरी व्यवसायको विकास र विस्तार गरी स्वच्छ वातावरण सहित आय रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले नर्सरी व्यवसाय संघ, नेपालको स्थापना संघले जनाएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button