BankingBrandingBusiness News

महालक्ष्मीले ल्यायो शेयर लगानीकर्ता लक्षित बचत खाता

काठमाडौं : महालक्ष्मी विकास बैंकले शेयर लगानीकर्ता लक्षित नयाँ खाता सञ्चालनमा ल्याएको छ ।

नयाँ वर्षको अवसरमा बैंकले शेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खातामार्फत् प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स शेयर सेभिङ खाता सञ्चालनमा ल्याएको हो ।

यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो शेयर, सि–आस्वा तथा टिएमएस खाताको सुविधा एकै खातामार्फत् लिन सक्नेछन् । 

शुन्य मौज्दातमै खोल्न सकिने सो खातामा डिम्याट खाता तथा टिएमएस खाता निःशुल्क खोल्नुका साथै मेरो शेयर तथा सि–आस्वा दर्ता गर्न पनि शुल्क लाग्ने छैन ।

टिएमएस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक स्वयम्ले नै गर्नेछ । यसबाट शेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीहरुसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button