Breaking

ओमानले भिजिट भिसालाई वर्किङ भिसामा परिवर्तन नगर्ने

काठमाडौं । ओमानले भिजिट भिसा वा पर्यटन भिसालाई अन्य भिसामा परिवर्तन नगर्ने भएको छ । पर्यटन भिसा वा भिजिट भिसामा आफ्नो देशमा पुगेका विदेशीहरूलाई ओमान वर्किङ भिसामा परिवर्तन नगर्ने निर्णय गरेको हो । विदेशीहरू भिजिट भिसामार्फत ओमान पुगेर वर्किङ भिसामा परिवर्तन गर्दै उतै बस्ने क्रम बढेपछि ओमानले उक्त कार्यमा रोक लगाएको हो ।

ओमानले विशेषगरी बंगलादेशी नागरिकहरूलाई सबै प्रकारका भिसा नदिने निर्णय गरेको हो । मस्टकस्थित नेपाली राजदूतावासले नेपालीहरूलाई समेत सचेत गराएको छ । कसैले ओमानमा भिजिट भिसा वा पर्यटन भिसामा ल्याएर रोजगारी दिलाउँछ भनेर प्रलोभवनमा पारेको खण्ड सचेत रहन आग्रह गरेको छ । त्यस्ता खालका गलत आश्वासन दिनेप्रति सचेत रहन दूतावासले आग्रह गरेको हो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button